नुवाकोट- नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो।
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो।
पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन्। बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो।
प्रकाशित: २१ भदौ २०८३ १७:४६ | Sunday, September 6, 2026
प्रतिक्रिया


