आज त्रिशूलीसहितका नदीमा बाढीको बहाव

हिमाल प्रेस २१ भदौ २०८३ १०:४९ | Sunday, September 6, 2026
आज त्रिशूलीसहितका नदीमा बाढीको बहाव

काठमाडौँ- आज आइतबार पनि भोटेकोशी-त्रिशूलीसहित देशका विभिन्न नदीमा बाढी आउने र त्यसले जोखिम निम्त्याउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौँसहित ३८ जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा पनि बाढी उर्लिने सम्भावना छ।

बुलेटिनमा  भनिएको छ, ‘आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, ‍अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोसी, त्रिशूली नदी तथा ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना छ।’

प्रकाशित: २१ भदौ २०८३ १०:४९ | Sunday, September 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast