१२ वटा पोकामा लुकाएको ११४.२५ किलो गाँजा बरामद, एक पक्राउ

हिमाल प्रेस २० भदौ २०८३ १०:२५ | Saturday, September 5, 2026
१२ वटा पोकामा लुकाएको ११४.२५ किलो गाँजा बरामद, एक पक्राउ

काठमाडौँ- पर्साको मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

शुक्रबार राति ८:४५ बजेको समयमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका –०१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई चेकजाँच गरिएको थियो ।

चेकजाँचको क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला पारेको र ती पोकाभित्र प्लाष्टिकसहित ११४ किलो २५ ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।

कार र उक्त बरामद लागुऔषध सहित धादिङको बेनिघाट रोराङ गाउँपालिका –०८ बस्ने २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: २० भदौ २०८३ १०:२५ | Saturday, September 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast