‘टनेलभित्रको उद्धार तालिम र सिकाइभन्दा फरक हुँदो रहेछ’

हिमाल प्रेस १८ भदौ २०८३ १८:१४ | Thursday, September 3, 2026
‘टनेलभित्रको उद्धार तालिम र सिकाइभन्दा फरक हुँदो रहेछ’

काठमाडौँ- भोटेकोशी बाढीपछि उद्धारका लागि निरन्तर लागेका खोज तथा उद्धारकर्ता अरुण सैंजुुले टनेलभित्रको उद्धार अध्ययन, तालिम र सिकाइभन्दा भिन्न रहेको बताएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म करिव १२ हजार नागरिकको उद्धार गरिएको जानकारी दिएको छ।

यस उद्धारको तथ्यांकमा राज्यका तीनै तहको सुरक्षा संयन्त्रसंगै सैंजुुको टोलीको पनि सहकार्य रहेको थियो। आठौं दिनसम्म आइपुुग्दा हजारौँको सशुकल उद्धार गरेको, मृतकहरुको शव ब्यवस्थापनदेखि टनेलभित्र फसेका नागरिकहरुको उद्धारमा समेत नेपाली सेनासँगै लागिरहेका सैंजुले आफूले अहिलेसम्म गर्दै आएको उद्धारकार्यभन्दा योपटकको अध्ययन, सिकाइ भोगाइभन्दा फरक भएको बताए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा गरेको सम्वोधनमा सत्यता रहेको भन्दै यसपटकको विपत्तिमा बाढी वा पहिरोको समस्याभन्दा मलुुवाको भेलका कारण टनेल एक्सपर्टहरु पनि अन्यौलमै परेको र यो पहिलो अनुुभव भएको बताए।

उद्धारको क्रममा नेपाली सेनासँगै विदेशी उद्धारटोली दोस्रो दिनदेखि नै सँगै रहेर सहायता गरिरहेको पनि उनले बताए।

अहिले पनि खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालित छन्। त्यससँगै विपद् उद्धार टोलीका विपद्कर्ता एवं स्वय्मसेवकहरु समेत स्वस्फुर्त रुपमा सहकार्य गर्दै आएका छन्।

प्रकाशित: १८ भदौ २०८३ १८:१४ | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast