कृष्णभिरमा पहिरो : दुवै छेउबाट रुख कटान सुरु

हिमाल प्रेस १८ भदौ २०८३ ११:४० | Thursday, September 3, 2026
कृष्णभिरमा पहिरो : दुवै छेउबाट रुख कटान सुरु

काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा गएको पहिरो पन्छाउने काम अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयले पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान सुरु गरिएको जानकारी दिएको हो।

पहिरो हटाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। रुख कटानको काम सम्पन्न भएपछि उपकरण परिचालन गरेर पहिरो पन्छाउने कार्य सुरु गरिनेछ।

कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकाको आपूर्ति श्रृंखला प्रभावित भएको छ। उपत्यका आवतजावत गर्ने यात्रुले समेत सास्ती खेपिरहेका छन्। यही अवस्थाको फाइदा उठाउँदै बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको गुनासो बढेको छ।

प्रकाशित: १८ भदौ २०८३ ११:४० | Thursday, September 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast