बाढी प्रभावितका लागि अमेरिकी राहत सामग्री काठमाडौँ आइपुग्यो

हिमाल प्रेस १७ भदौ २०८३ १८:२७ | Wednesday, September 2, 2026
बाढी प्रभावितका लागि अमेरिकी राहत सामग्री काठमाडौँ आइपुग्यो

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि अमेरिकाले पठाएको राहत सामग्री काठमाडौँ आइपुगेको छ।

अमेरिकाले पठाएको मानवीय तथा विपद् प्रतिकार्य सहायतासम्बन्धी सामग्री बुधबार काठमाडौँ विमानस्थलमा आइपुगेको हो।

नेपाल सरकारको नेतृत्वमा भइरहेको खोज, उद्धार तथा पुनर्लाभ कार्यमा सहयोग पुर्‍याउन अमेरिकी सैन्य कार्गो विमानमार्फत विपद्मा परेका व्यक्तिहरूको उद्धारका लागि पाँच हजार था विशेष सामग्री, पाँच सय प्राथमिक उपचार किट, स्ट्रेचर, फ्रन्ट–इन्डलगायतका सामग्री उपलब्ध गराइएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ।

दूतावासले जनाएअनुसार यो सहयोग नेपाल सरकारको अनुरोधको आधारमा आएको हो। बाढी प्रतिकार्यका लागि अमेरिकाले यसअघि घोषणा गरेको ३६ लाख अमेरिकी डलर सहायताका अतिरिक्त यो सामग्री उपलब्ध गराइएको दूतावासको भनाइ छ।

यो सहयोगले अमेरिका र नेपालबीचको दीर्घकालीन साझेदारी तथा यस विपद्को घडीमा प्रभावित समुदायलाई सहयोग गर्ने साझा प्रतिबद्धतालाई प्रस्ट पारेको दूतावासले जनाएको छ।

प्रकाशित: १७ भदौ २०८३ १८:२७ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast