उपत्यकामा व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा रोक

हिमाल प्रेस १७ भदौ २०८३ १६:१३ | Wednesday, September 2, 2026
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा रोक

काठमाडौँ- काठमाडौँ उपत्यकाका होटल, रेस्टुरेन्ट तथा उद्योगहरूले एलपी ग्यास आफैँ ढुवानी गर्नुपर्ने भएको छ।

नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा होटल, रेस्टुरेन्ट तथा उद्योगका लागि तत्काल ग्यास बिक्रीमा रोक लगाएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरले घरायसी उपभोक्तालाई प्राथमिकता दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए।

‘बाटो बिग्रिएपछि विगतको जस्तो ग्यास ढुवानी हुने अवस्था छैन,’ हिमालप्रेससँग उनले भने,‘घरायसी उपभोक्तालाई प्राथमिकता दिएका हौँ, ठूला प्रयोगकर्ताहरूले तराईबाट आफैँ ढुवानी गर्नुपर्ने भयो।’

घरायसी उपभोक्तालाई ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उपत्यकाका डिपो तथा विक्रेताबाट व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री नगर्ने निर्ण भएको उनले बताए।

‘काठमाडौँ उपत्यकामा दैनक १० चक्के सय ट्रक ग्यासको खपत छ। बाटो बिग्रिएपछि यो संख्यामा गाडी आउनसक्ने अवस्था रहेन। अब ठूलो होटल, रेस्टुरेन्ट तथा उद्योगले आवश्यक ग्यास उपत्यका बाहिरका उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने भयो,’ ठाकुरले भने।

व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीले आफ्नै सवारीसाधन र ढुवानीको व्यवस्था गरी उपत्यकाबाहिरका ग्यास उद्योगबाट ग्यास ल्याउनुपर्ने निगमले जनाएको छ।

प्रकाशित: १७ भदौ २०८३ १६:१३ | Wednesday, September 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast