अमेरिकाको हिरासतमा रहेका भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरोले सार्वजनिक गरे तस्बिर

हिमाल प्रेस १५ भदौ २०८३ ९:३१ | Monday, August 31, 2026
अमेरिकाको हिरासतमा रहेका भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरोले सार्वजनिक गरे तस्बिर

काठमाडौँ- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनी संयुक्त राज्य अमेरिकाको एउटा हिरासत केन्द्रमा देखिएका छन् । गत जनवरीमा नियन्त्रणमा लिइएपछि उनलाई त्यहाँ राखिएको हो ।

अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई हवाई मार्गमार्फत अमेरिका पुर्‍याएको थियो।लागूऔषध ओसारपसार र अवैध रूपमा हतियार राखेको आरोपमा उनीहरूलाई न्युयोर्कको ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ, यद्यपि उनीहरूले यी आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

‘म मेरा सबै नातिनातिना, बालबालिका र हामीलाई माया गर्ने सबै असल मानिसहरूका लागि सानो उपहारस्वरूप यी तस्वीरहरू पठाउँदै छु,’ मादुरोले सामाजिक सञ्जाल प्लेटफर्महरू एक्स र टेलिग्राममा स्पेनिस भाषामा लेखेका छन् ।

‘हामी तपाईंहरूको मायाले भरिएको हृदयका साथ दृढ भएर उभिएका छौँ भन्ने कुरा तपाईंहरूलाई थाहा होस् भन्ने म चाहन्छु,’ उनले लेखेका छन्, ‘हामी बलिया, शान्त र विश्वस्त रहनेछौँ, ईश्वर हामीसँग हुनुहुन्छ । ईश्वरले नै सबै व्यवस्था गर्नुहुनेछ । भेनेजुएला फेरि उठ्नेछ ।’

न्युयोर्कस्थित एक संघीय अदालतले जुलाईको अन्त्यतिर घोषणा गरे अनुसार अमेरिकामा मादुरो र उनकी पत्नीको मुद्दाको सुनुवाइ सन् २०२७ को जुन १ देखि सुरु हुनेछ । एजेन्सी

प्रकाशित: १५ भदौ २०८३ ९:३१ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast