रोजगारीका लागि रसुवा पुगेका भोजपुरका ४ युवक बेपत्ता

हिमाल प्रेस १४ भदौ २०८३ ८:२८ | Sunday, August 30, 2026
रोजगारीका लागि रसुवा पुगेका भोजपुरका ४ युवक बेपत्ता

भोजपुर- भोटेकोशी बाढीपछि भोजपुरका ४ जना सम्पर्कविहीन भएका छन्। रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई सम्पर्कविहीन भएका हुन्।

भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा कार्यरत उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित: १४ भदौ २०८३ ८:२८ | Sunday, August 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast