कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो।
प्रधानमन्त्री राहत कोषमा शनिबार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गर्न कार्यालयले अनुरोध गरेको छ।
खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ।


