प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

हिमाल प्रेस २६ भदौ २०८३ १८:५४ | Friday, September 11, 2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब २३ करोड रकम मौज्दात

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न ९ वटा बैंकमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ।

त्यस्तै, कोषका दुईवटा बैंकमा रहेको डलर खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर जम्मा भएको छ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा गरिएको थियो।

प्रकाशित: २६ भदौ २०८३ १८:५४ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast