सकियो भक्तपुरको गाईजात्रा

हिमाल प्रेस १३ भदौ २०८३ १८:३५ | Saturday, August 29, 2026
सकियो भक्तपुरको गाईजात्रा

काठमाडौँ- भैलद्य (बाँंस, परालको सहायताले बनाइने गाईको प्रतीक) को परिक्रमाको समापनसँंगै भक्तपुरको पहिलो दिनको गाईजात्रा सम्पन्न भएको छ।

भक्तपुर नगरपालिका–४ लैको लाकुलाछेंमा राखेर बनाइएको भैलद्यको परिक्रमासँंगै पहिलो दिनको जात्रा समापन हुने परम्परा छ। जात्रालाई समयमै समापन गरी व्यवस्थित गर्ने उद्देश्यका साथ यो वर्ष तालिका बनाइ साँंझ ४ बजेदेखि भैलद्यको परिक्रमा थालिएको थियो।

भक्तपुरको गाईजात्राको विशेष आकर्षण भैलद्यको परिक्रमा नै हो। लाकुलाछेंबाट भैलद्यलाई न्यातापोल मन्दिर हुँंदै नगर परिक्रमा थालिन्छ। यो क्रममा न्यातापोल मन्दिरमा विशेष भीड लाग्छ।

योभन्दा बढी भीड दरबार क्षेत्रमा लागेको हुन्छ। यहाँं भैलद्यसँंगै त्यसका पछाडिका ताहासा (गाईको प्रतीक) पनि रहने भएको र ठूलो क्षेत्रमा तीन चक्कर घुमाउने भएकाले यहाँंको दृश्य निकै मनोमोहक हुने गर्दछ।

यो वर्ष भैलद्यसँंगै कुल २० वटा ताहासाहरू रहेको भैरबनाथ जात्रा सहयोग समिति लैंको लाकुलाछें भक्तपुरका अध्यक्ष शिवराम किजूले जानकारी दिए।

उनका अनुसार प्रत्येक वर्ष जस्तै भैलद्यलाई लाकुलाछेंबाट सुरु गरी भक्तपुर नगर परिक्रमा गराई लाकुलाछेंमै पुगेर समापन गरिन्छ। यसपछि जात्रा समापन हुने परम्परा रहेको उनले बताए।

योसँंगै भक्तपुरको गाईजात्राको विशेष आकर्षण घिन्तान्गिसी नाच नाच हो। नगरका प्रत्येक व्यक्तिको मृत्युमा गाईको प्रतिक स्वरूप ताहासा बनाई त्यसको अगाडि बाजागाजाका साथ नाच नाच्नेहरू रहन्छन्।

जोडीजोडीमा लठी जुधाएर घिन्तागिसी नाच नाचिन्छ। प्रत्येक ताहासासँंगै दर्जनौँ जोडी घिन्तागिसी नाचेर आएका हुन्छन्। यस हिसाबले बिहानदेखि रातिसम्म यस्ता सयौ टोलीले पूरै भक्तपुर नगर घिन्तागिसी नाचमय बनेको थियो।

एकजना जात्राप्रेमी स्वर्णिमा मुल यही कारण गाईजात्रामा दिनभर भक्तपुर नगर पूरै बाजागाजामय बन्ने बताउँछन्। जात्राको दिन पूरै भक्तपुर नाचेको महशुश हुने उनले बताए। जात्रामा एउटै टोलीमा पनि सयौ नाचमा सहभागी हुने उनी बताउँछन्।

पाँंच–दस वर्षको बालबालिकादेखि ७० असी वर्षका बृद्धबृद्धासम्म नाचमा सहभागी हुने उनले बताए। यसका साथै बजारभरि हजारौँ मानिस जात्रा हेर्न बसेका हुन्छन्।

प्रकाशित: १३ भदौ २०८३ १८:३५ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast