चौधरी ग्रुपले बाढीपीडितलाई दियो १५ करोड

हिमाल प्रेस १३ भदौ २०८३ १३:२३ | Saturday, August 29, 2026
चौधरी ग्रुपले बाढीपीडितलाई दियो १५ करोड विनोद चौधरी । फाइल तस्बिर

काठमाडौँ- रसुवा बाढीमा प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि चौधरी ग्रुप र नबिल बैंकले १५ करोड बढी सहयोग गरेका छन्।

गत बुधबारको बाढीले ठूलो धनजनको क्षति भएपछि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने व्यवस्था गरेपछि उद्योगी व्यवसायी र सर्वसाधारणबाट कोषमा सहयोग जम्मा भइरहेको छ।

सोहीअनुसार व्यावसायिक घराना चौधरी ग्रुप र नबिल बैंकबाट १५ करोड बढीको सहयोग प्रदान भएको अर्थ मन्त्रालयले जनाएको छ। चौधरी ग्रुप र नबिल बैंक विनोद चौधरी परिवारको लगानी छ।

प्रकाशित: १३ भदौ २०८३ १३:२३ | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast