टिमुरेमा पुरिएको अवस्थामा ६ वर्षीया बालिका बाढीको ३ दिनपछि सकुशल उद्धार

हिमाल प्रेस १३ भदौ २०८३ ८:०० | Saturday, August 29, 2026
टिमुरेमा पुरिएको अवस्थामा ६ वर्षीया बालिका बाढीको ३ दिनपछि सकुशल उद्धार

काठमाडौँ- रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ करिब ६ः१५ बजे उद्धार गरेको हो ।

‘टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो । त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो,’ सशस्त्रले जनाएको छ ।

सीमा सुरक्षा चौकी ९बीओपी० टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो । उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको सशस्त्रले जनाएको छ ।

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ । उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको सशस्त्रले जनाएको छ । तर, रातिको समय भएकाले तत्काल हेलिकोप्टर उडान सम्भव हुन नसकेको बताइएको छ ।

माटोमुनिबाट बालिकाको रोएको आवाज सुनेर समयमै उद्धार गर्न सफल हुनुले उद्धार टोलीको सतर्कता र खोजी कार्यको महत्त्व झनै देखाएको छ ।

बाढी–पहिरो प्रभावित टिमुरे क्षेत्रमा सुरक्षाकर्मीहरूले जोखिमका बीच खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

 

प्रकाशित: १३ भदौ २०८३ ८:०० | Saturday, August 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast