अस्ट्रेलियाले ५० लाख डलर सहयोग गर्ने

हिमाल प्रेस १२ भदौ २०८३ १६:०० | Friday, August 28, 2026
अस्ट्रेलियाले ५० लाख डलर सहयोग गर्ने

काठमाडौँ- नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने भएको छ।

अस्ट्रेलियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै बाढी प्रभावित क्षेत्रमा ‘कन्सुलर एसिस्टेन्स’ र राहत सामग्री तीव्र रुपमा परिचालन गरिएको जनाएको छ।

५० लाख डरको सहायता रकम स्थापित साझेदार संस्थाहरुमार्फत खाना, आपत्कालीन वासस्थान, स्वच्छ खानेपानी र सरसफाइमा खर्च गरिनेछ।

विश्व खाद्य कार्यक्रम(खाद्यान्न तथा बन्दोबस्तीका समान) का लागि २० लाख डलर, अस्ट्रेलियाली गैरसरकारी संस्थाहरुलाई (आश्रय, स्वास्थ्य, कम्बल तथा मनोसमाजिक परामर्श) का लागि २० लाख डलर र पुनः स्थापनाका लागि १० लाख डलर प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ।

बाढीमा परी बेपत्ता भएका व्यक्तिहरुमध्ये कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक रहेको पुष्टि भएको छ। उनीहरूको स्थिति पत्ता लगाउन र आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाली अधिकारीहरु द्रुत गतिमा खटिएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १२ भदौ २०८३ १६:०० | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast