अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य जारी

हिमाल प्रेस १२ भदौ २०८३ १५:३० | Friday, August 28, 2026
अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य जारी

काठमाडौँ- अपर त्रिशूली-३ ‘बी’ आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरिएपछि अत्यन्त कठिन र जोखिमपूर्ण परिस्थितिका बीच उद्धार तथा घटनास्थलमा पहुँच स्थापना गर्ने कार्य जारी रहेको छ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार आयोजनास्थलको हेलिकप्टरमार्फत पटक–पटक हवाई निरीक्षण गरी अवस्थाको मूल्यांकन भइरहेको छ। उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन आवश्यक उपकरणसमेत हेलिकप्टरमार्फत घटनास्थलमा पुर्‍याएर काम सुरु गरिएको उनले जानकारी दिए।

“आवश्यक उपकरणसमेत हेलिकप्टरमार्फत घटनास्थलमा ढुवानी गरी काम सुरु गरिएको छ। उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै प्रयास अघि बढाइएका छन्,” मन्त्री श्रेष्ठले भने।

आयोजनामा सुपरीवेक्षण परामर्शदाताका रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

सो आयोजनामा सुपरीवेक्षणका लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी कार्यरत कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ। चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडका प्रशासन अधिकृत विमल कडरियाले कम्पनीमार्फत अपर त्रिशूली थ्रि बी हाइड्रोइलेक्ट्रिक आयोजनामा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएको बताए।

प्रकाशित: १२ भदौ २०८३ १५:३० | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast