धादिङ प्रशासनले भन्यो- भोटेकोशीमा बाढी आएको छ, सुरक्षित स्थानतर्फ जानुहोला

हिमाल प्रेस १२ भदौ २०८३ १३:०३ | Friday, August 28, 2026
धादिङ प्रशासनले भन्यो- भोटेकोशीमा बाढी आएको छ, सुरक्षित स्थानतर्फ जानुहोला

काठमाडौँ- चीनको तिब्बतबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीमा आकस्मिक बाढी आएको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदीको दुवै किनारमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीको जलस्तर बढ्न सक्ने भन्दै जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई तत्काल त्यहाँबाट टाढा रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको हो।

प्रशासनले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

कुनै विपद्जन्य घटना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, स्थानीय जनप्रतिनिधि तथा नजिकको सुरक्षा इकाइलाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।

प्रशासनले आपत्कालीन अवस्थामा सम्पर्कका लागि नेपाल प्रहरी हटलाइन १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रलगायतका नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ १३:०३ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast