बाढी वर्षाले यी सडक अवरुद्ध

हिमाल प्रेस १२ भदौ २०८३ ११:१४ | Friday, August 28, 2026
बाढी वर्षाले यी सडक अवरुद्ध

काठमाडौँ- भोटेकोशी-त्रिशूली बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-गल्छीखण्ड, मुग्लिन-नारायणगढ, मेची राजमार्ग, रुकुमपश्चिम भेरी करिडोर, पासाङल्हामु, रोल्पाको शहिद मार्गलगायतका अवरुद्ध छन्।

पृथ्वीराजमार्गको गल्छी-बैरेनी खण्डमा बिहीबार साँझदेखि एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्।

यस्तै सोही खण्डको जरिखेत खण्डमा थुप्रिएको माटो तथा ढुंगा पन्छाएर यातायात पुनः सञ्चालनमा आएको सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बताए।

यसैगरी मलेखु-गलौदी खण्डमा सात सय मिटर लेदो हटाउने काम भइरहेको छ। विभागका अनुसार सो खण्डको लेदो हटाएपछि पृथ्वीराजमार्ग सञ्चालनमा आउनेछ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार गत रसुवा बाढीको कारणले अवरुद्ध धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० ज्याङखोलामा लेदो हटाउने कार्य भइरहेको जनाएको छ।

त्यसैगरी, सोही ठाउँको बेनिघाट रोराङ गाउँपालिका-२ बिहानी पम्पतर्फ लेदो हटाउने काम भइरहेको छ।

त्यस्तै गरी सोही पालिका-५ स्थित गलौदीमा एक्साभेटरलगायत उपकरण जान नसकेर सडक अवरुद्ध भइरहेको छ।

धादिङको गजुरी गाउँपालिका-६ जहरेखेत र बाङ्गेमोड सडकखण्ड पनि अवरुद्ध भइरहेको छ। गल्छी गाउँपालिका-६ बैरेनीको लेदो हटाउने कार्य भइरहेको छ।

प्रकाशित: १२ भदौ २०८३ ११:१४ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast