कामको सिलसिलामा रसुवा-नुवाकोट पुगेका बाँकेका २७ जना सम्पर्कविहीन

हिमाल प्रेस १२ भदौ २०८३ ७:४८ | Friday, August 28, 2026
कामको सिलसिलामा रसुवा-नुवाकोट पुगेका बाँकेका २७ जना सम्पर्कविहीन

बाँके- कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना भोटेकोशी-त्रिशूलीको बाढीपछि सम्पर्कविहीन भएका छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार बेपत्ता भएकाहरूले स्थानीय प्रशासनलाई खोज तथा उद्धारका निम्ति आग्रह गर्दै १४ पुरुष र १३ जना महिला सम्पर्कविहीन भएका जनाएका छन्।

बाढीपछि बेपत्ता २७ जनामध्ये २० जना बाँकेका स्थायी, पाँच जना अन्य जिल्लाबाट आएका तथा दुई जना भारतीय नागरिक हुन्।

रसुवा भन्सार कार्यालय, विभिन्न सुरक्षा निकाय र जलविद्युत् आयोजना, गोसाइँकुण्ड क्षेत्रमा व्यवसाय तथा कैलाश मानसरोवर तीर्थयात्रामा रहेका बाँकेका सर्वसाधारण सम्पर्कविहीन छन्।

प्रकाशित: १२ भदौ २०८३ ७:४८ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast