बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

हिमाल प्रेस १२ भदौ २०८३ ७:०० | Friday, August 28, 2026
बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोशी-त्रिशूली बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ।

महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासंघको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो।

समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत छन्। समितिले बेपत्ता भएका सवारीसाधन, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ। यस्तै, यात्रीहरूको अवस्था र क्षतिको विवरण संकलन गर्नेछ।

महासंघका महासचिव डेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर वा यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

प्रकाशित: १२ भदौ २०८३ ७:०० | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast