भोटेकोशी नदीमा पुनः बाढीको जोखिम, सतर्क रहन आग्रह

हिमाल प्रेस ११ भदौ २०८३ १७:३७ | Thursday, August 27, 2026
18
SHARES
भोटेकोशी नदीमा पुनः बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ- भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा जलस्रोत अनुसन्धान केन्द्रले आज जारी गरेको सूचनाअनुसार चीनतर्फबाट प्राप्त भूउपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बुधबार गएको बाढीको उद्गमस्थान आसपासका क्षेत्रमा ताल बनेको जनाइएको छ।

उक्त तालमा पानीको सतह बढी फुट्ने जोखिम रहेको सूचनामा उल्लेख छ। सो अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

पछिल्लो सूचनामा नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन र सम्भावित बाढीको जोखिमलाई गम्भीरतापूर्वक लिन अनुरोध गरिएको छ।

केन्द्रको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले जोखिमलाई ध्यानमा राखी सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरे।

प्रकाशित: ११ भदौ २०८३ १७:३७ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast