बाढीपीडितका लागि विराटनगर महानगरको २५ लाख ५१ हजार सहयोग

हिमाल प्रेस ११ भदौ २०८३ १३:४३ | Thursday, August 27, 2026
बाढीपीडितका लागि विराटनगर महानगरको २५ लाख ५१ हजार सहयोग

इटहरी- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। बाँकी रकम जनप्रतिनिधिको सेवासुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने महानगरपालिकाले जनाएको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय तहबीचको सहकार्य र मानवीय ऐक्यबद्धता आवश्यक रहेको भन्दै विराटनगरले सहयोगको निर्णय गरेको हो।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भोटेकोशीमा भएको विपद् कुनै एक भूगोल वा समुदायको मात्रै समस्या नभई सिंगो मुलुकको साझा पीडा भएको बताए।

विपद्को समयमा राज्यका निकायसँगै स्थानीय तह, निजी क्षेत्र, संघसंस्था तथा नागरिक समाजले आआफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ।

‘विपद्का बेला सहानुभूति व्यक्त गरेर मात्र दायित्व पूरा हुँदैन। पीडितको उद्धार, राहत र पुनःस्थापनामा हातेमालो गर्नु नै मानवीय जिम्मेवारी हो,’कोइरालाले भने,‘भोटेकोशीका नागरिकको दुःखमा विराटनगर महानगरपालिका सँगै छ।’

महानगरपालिकाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ। घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनःस्थापना र सहज जनजीवनको कामना गरेको छ।

प्रकाशित: ११ भदौ २०८३ १३:४३ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast