भारतले दियो थप ३७.५ टन राहत सामग्री

हिमाल प्रेस ११ भदौ २०८३ १३:१५ | Thursday, August 27, 2026
भारतले दियो थप ३७.५ टन राहत सामग्री राहत बोकेको भारतीय सेनाको विमान।

काठमाडौँ- नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि भारतले ३७.५ टन मानवीय सहायता सामग्रीसहितको दोस्रो विमान पठाएको छ। भारतीय पररष्ट्रमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।

मन्त्री जयशंकरका अनुसार विमानमा मानवीय सहायता तथा विपद् प्रतिकार्य (एचएडीआर) सामग्री, औषधि र खाद्य प्याकेटलगायतका सामग्री छन्। दोस्रो उडान केहीबेरअघि नेपालका लागि प्रस्थान गरेको हो।

भारतले नेपालका सम्बन्धित अधिकारीहरूसँग निकट र निरन्तर सम्पर्कमा रहेर राहत तथा उद्धार कार्यमा समन्वय गरिरहेको जनाएको छ।

यसअघि बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइसकेको छ।

भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: ११ भदौ २०८३ १३:१५ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast