काठमाडौँ- रसुवामा आएको बाढीपछि प्रभावितहरूको उद्धारमा खटिएको नेपाली सेनाले टिमुरे र मैलुङ क्षेत्रबाट हालसम्म २० विदेशी नागरिकसहित १२५ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ ११ गते बिहानदेखि सेनाका हेलिकप्टर प्रयोग गरेर प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने अभियान जारी छ।
त्रिशूलीस्थित नेपाली सेनाले स्थापना गरेको विशेषज्ञ डाक्टर अधिकृतसहितको आपत्कालीन उपचार केन्द्रबाट हालसम्म ६४ घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको निर्देशनालयले जनाएको छ।
नेपाली सेनाले सम्बन्धित निकायसँग समन्वय गरेर घाइतेहरूको स्थल तथा हवाई उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम निरन्तर सञ्चालन भइरहेको जनाएको छ।
प्रकाशित: ११ भदौ २०८३ ११:५१ | Thursday, August 27, 2026
प्रतिक्रिया


