रसुवा बाढीका पीडितलाई आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

हिमाल प्रेस ११ भदौ २०८३ ६:३७ | Thursday, August 27, 2026
रसुवा बाढीका पीडितलाई आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकहरूको बिहीबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबारको बैठकले प्रभावित क्षेत्रबाट घाइतेहरूलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ।

घाइतेहरूको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ।
यसैगरी, प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast