फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।
सभापति लामिछानेले बिहीबार सर्वदलीय बैठक बोलाएका हुन्।
भोटेकोसी बाढीका कारण भएको क्षति, खोजी, उद्धार, राहत र पुनःस्थापनालगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
प्रकाशित: १० भदौ २०८३ २१:२८ | Wednesday, August 26, 2026
प्रतिक्रिया


