ट्रक र मोटरसाइकल ठोक्किँदा १९ वर्षीय राजु यादवको मृत्यु, अर्का एक व्यक्ति घाइते

हिमाल प्रेस १० भदौ २०८३ ६:५३ | Wednesday, August 26, 2026
ट्रक र मोटरसाइकल ठोक्किँदा १९ वर्षीय राजु यादवको मृत्यु, अर्का एक व्यक्ति घाइते

काठमाडौँ- सिन्धुलीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। अर्का युवक घाइते भएका छन्।

बीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका २ ढुंग्रेभञ्ज्याङमा मंगलबार साँझ इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका ५ बस्ने १९ वर्षीय राजु यादवको मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते भएका छन्।

दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, सिन्धुली लगिएको थियो। मोटरसाइकल चालक राजुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका २ बस्ने ३९ वर्षीय केशव भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १० भदौ २०८३ ६:५३ | Wednesday, August 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast