‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मन्चन हुने

हिमाल प्रेस ९ भदौ २०८३ १३:२३ | Tuesday, August 25, 2026
‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मन्चन हुने

काठमाडौँ- गणेशमान सिंहको जीवनीमा आधारित रहेर सर्वनाम थिएटरमा ‘वीर गणेशमान’ मन्चन हुने भएको छ। अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र अडानलाई प्रस्तुत गरिने छ।

२४ कात्तिक १९७२ मा काठमाडौँको रैथाने परिवारमा जन्मेका सिंहको निधन २ असोज २०५४ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर थिए। उनैको जीवनमाथि रहेर मञ्चन गरिने नाटक १४ भदौदेखि १४ असोजसम्म बिहीबारबाहेक नियमित मञ्चन हुनेछ।

प्रकाशित: ९ भदौ २०८३ १३:२३ | Tuesday, August 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast