काठमाडौँ- नेपाली बक्स अफिसमा निर शाह निर्देशित ‘कमला मिस’ को कमाइ कमजोर देखिएको छ। २२ साउनबाट प्रदर्शनमा आएको कमला मिसले २५ लाखको व्यवसाय गर्न समेत असफल भएको छ।
चलचित्र विकास बोर्डले आइतबार सार्वजनिक गरेको बक्स अफिस रिपोट अनुसार फिल्म ‘हली’ को २ सातामा २२ लाख ९६ हजार ९ सय २० ग्रस कमाई गर्न सफल भएको छ। यो अवधिमा फिल्मको टिकट ८ हजार ३८५ वटा बिकेको छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रेरित भएर निर्माण भएको फिल्म निर शाहले गरेका हुन् । फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय छ ।
छाउपडी प्रथा र हली प्रथाविरुद्ध सशक्त आवाज उठाएको फिल्म ‘हली’ निर्देशक ओम प्रतिकले लेखेका हुन् । ओम प्रतिक, सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतको अभिनय फिल्ममा छ ।
त्यस्तै, ‘कमला मिस’ को ‘हली’ को भन्दा पनि झन् नाजुक रहेको छ । फिल्मले बक्स अफिसमा २ सातामा ८ लाख ६८ हजार ४५० ग्रस कलेक्सन गर्न सफल भएको छ । यो अवधिमा फिल्मलाई २ हजार ६९६ जनाले हेरेको छन् ।


