मुस्ताङ गएका प्रधानमन्त्री आज पोखराबाट काठमाडौँ फर्किँदै

हिमाल प्रेस ८ भदौ २०८३ ६:४८ | Monday, August 24, 2026
मुस्ताङ गएका प्रधानमन्त्री आज पोखराबाट काठमाडौँ फर्किँदै

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आज (भदौ ८) मा काठमाडौँ फर्किँदैछन्। उनी निजी भ्रमणका सिलसिलामा शुक्रबार काठमाडौँबाट पोखरा गएका थिए। बालेन शनिबार मुस्ताङ पुगे।

आइतबार मुस्ताङबाट फर्किएर उनी पोखरामै बास बसेका थिए। प्रधानमन्त्री शाह काठमाडौँदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएका हुन्।

उनले शनिबार मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। निजी भ्रमण भएकाले प्रधानमन्त्री सरिक हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

 

प्रकाशित: ८ भदौ २०८३ ६:४८ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast