काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षकका सेवासुविधा विस्तारका लागि शिक्षक अस्पताल निर्माणदेखि सामाजिक सुरक्षा कोषसम्मका व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार मन्त्रालयमा पेस गरिएको ५४ बुँदे मागपत्रमा शिक्षकको स्वास्थ्य सुरक्षा, सहुलियतपूर्ण उपचार र गम्भीर रोगका लागि विशेष कोष बनाउन प्रस्ताव गरिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘शिक्षकको पेसागत सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो।’
मागपत्रमा विद्यालय नर्स, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा र प्राविधिक शिक्षकको सुविधा पनि समेटिएको छ।
प्रकाशित: ७ भदौ २०८३ ११:४१ | Sunday, August 23, 2026
प्रतिक्रिया


