‘विगतका सहमति लागू गर’ भन्दै सरकारलाई महासंघले गरायो स्मरण

हिमाल प्रेस ७ भदौ २०८३ ११:३६ | Sunday, August 23, 2026
‘विगतका सहमति लागू गर’ भन्दै सरकारलाई महासंघले गरायो स्मरण

काठमाडौँ- नेपाल शिक्षक महासंघले नेपाल सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न पुनःआग्रह गरेको छ।

शुक्रबार मन्त्रालयमा दर्ता गरिएको ध्यानाकर्षण पत्रमा २०७२ सालका मन्त्रिपरिषद्का निर्णयदेखि पछिल्ला सहमतिसम्म कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘विगतका सहमति कागजमै सीमित हुनु हुँदैन।’

महासंघले शिक्षकको ग्रेड, स्थानीय भत्ता, मर्यादाक्रम र बिरामी बिदासम्बन्धी निर्णय तत्काल लागू गर्न माग गरेको छ।

प्रकाशित: ७ भदौ २०८३ ११:३६ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast