अस्थायी शिक्षक र विद्यालय कर्मचारीको स्थायित्व महासंघको मुख्य एजेन्डा

हिमाल प्रेस ७ भदौ २०८३ ११:३० | Sunday, August 23, 2026
अस्थायी शिक्षक र विद्यालय कर्मचारीको स्थायित्व महासंघको मुख्य एजेन्डा

काठमाडौँ- राहत, करार, बालकक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारका शिक्षकको व्यवस्थापनलाई प्राथमिक एजेन्डा बनाएर नेपाल शिक्षक महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले शुक्रबार मन्त्रालयमा बुझाएको ५४ बुँदे मागपत्रमा सबै अस्थायी प्रकृतिका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने व्यवस्था गर्न माग गरिएको छ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘दशौँ वर्ष काम गर्दा पनि अस्थायी रहनुपर्ने अवस्था अन्त्य हुनुपर्छ।’

मागपत्रमा विद्यालय कर्मचारीको दरबन्दी कायम गर्ने र सेवा सुरक्षाको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ।

प्रकाशित: ७ भदौ २०८३ ११:३० | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast