काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयसँग सहकार्य गर्न आफूहरू सधैं तयार रहे पनि मन्त्रालयले त्यसतर्फ चासो नदेखाएको आरोप लगाएको छ।
शुक्रबार मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले शिक्षा नीति र विद्यालय शिक्षा ऐनका विषयमा आफूहरूसँग पर्याप्त छलफल नगरिएको जनाएको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,‘हामी मन्त्रालयसँग सघन छलफल र सहकार्य गर्न सधैं इच्छुक थियौं र छौं तर मन्त्रालयले नै अग्रसरता देखाएन।’
महासंघका अनुसार विद्यालय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकमा शिक्षकका आधिकारिक प्रतिनिधिसँग आवश्यक परामर्श हुनुपर्ने थियो।
ध्यानाकर्षण पत्रमा शिक्षकको पेसागत सुरक्षा, सेवासुविधा र शिक्षा सुधारसँग सम्बन्धित ५४ माग समेटिएको छ।
प्रकाशित: ७ भदौ २०८३ ११:०१ | Sunday, August 23, 2026
प्रतिक्रिया


