शिक्षा मन्त्रालयमा शिक्षक महासंघको ५४ बुँदे माग, २१ दिनको अल्टिमेटम

हिमाल प्रेस ७ भदौ २०८३ १०:५८ | Sunday, August 23, 2026
शिक्षा मन्त्रालयमा शिक्षक महासंघको ५४ बुँदे माग, २१ दिनको अल्टिमेटम

काठमाडौँ- नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयमा ५४ बुँदे मागपत्रसहित ध्यानाकर्षण पत्र दर्ता गराउँदै २१ दिनभित्र ठोस पहल नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत जानकारीका लागि पेस गरेको जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार शुक्रबार मन्त्रालयमा औपचारिक रूपमा मागपत्र बुझाइएको हो। ‘शिक्षकका जायज मागप्रति सरकारले तत्काल संवेदनशीलता देखाउनुपर्छ,’ उनले भने।

ध्यानाकर्षण पत्रमा विद्यालय शिक्षा ऐनमा महासंघसँग पर्याप्त छलफल नगरिएको, शिक्षक कर्मचारीका सेवासुविधामा विभेद भएको र विगतका सहमति कार्यान्वयन नभएको उल्लेख गरिएको छ।

महासंघले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन, अस्थायी शिक्षकको व्यवस्थापन, विद्यालय कर्मचारीको स्थायीकरण, शिक्षक अस्पताल निर्माण, सरुवा व्यवस्था सुधार र स्थानीय भत्तालगायत ५४ माग अघि सारेको छ।

प्रकाशित: ७ भदौ २०८३ १०:५८ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast