पूर्वराजालाई भेटेर धवलले पार्टीको नीति तथा एजेन्डाबारे दिए जानकारी, ज्ञानेन्द्र शाहले के भने?

हिमाल प्रेस ७ भदौ २०८३ ९:१७ | Sunday, August 23, 2026
पूर्वराजालाई भेटेर धवलले पार्टीको नीति तथा एजेन्डाबारे दिए जानकारी, ज्ञानेन्द्र शाहले के भने? धवल शमशेरसँग ज्ञानेन्द्र सिताश्मा राज्यलक्ष्मी देवी शाह।

काठमाडौँ- नवगठित ‘जय नेपाल पार्टी’ का अध्यक्ष धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। ​

शनिबार ‘हिमानी ट्रष्ट’ द्वारा आयोजित विशेष कार्यक्रममा सहभागी भएपछि नेता राणा र राजा शाहबीच दोहोरो राजनीतिक संवाद भएको हो। उक्त कार्यक्रममा युवराज्ञी हिमानी शाहले कोरेका तीन वटा मौलिक चित्रकलाहरू लिलामीमा राखिएका थिए। चित्रकला लिलामीबाट संकलित रकम बाजुराका आमा तथा बालबालिकाको पोषण र स्वास्थ्य सुधारमा सहयोग गरिने जनाइएको छ। ​

कार्यक्रमपश्चात् भएको भेटका क्रममा राणाले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हालै गठन गरिएको ‘जय नेपाल पार्टी’ को नीति तथा एजेन्डाबारे पूर्वराजालाई जानकारी गराएको उनी निकट अनुपमा जोशीले जानकारी दिइन्। जवाफमा पूर्वराजा शाहले देशको विद्यमान अवस्थालाई ध्यानमा राख्दै सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकजुट बनाएर अगाडि बढ्न राणालाई आग्रह गरेका थिए। ​

नेता राणाले सामाजिक सञ्जालमार्फत राजासँगको भेटघाट अत्यन्तै सकारात्मक र फलदायी रहेको उल्लेख गरेका छन्। सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएर अघि बढेको जय नेपाल पार्टीका लागि यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। उनले पूर्वरानी कोमल शाह, पूर्वयुवराजज्ञी? हिमानी शाह, हृदेन्द्र शाह र  सिताश्मा शाहसँग पनि भेट गरेका थिए।

प्रकाशित: ७ भदौ २०८३ ९:१७ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast