पोखरीको अतिक्रमण हटाउन जनकपुरमा चल्यो डोजर

हिमाल प्रेस ६ भदौ २०८३ १५:१६ | Saturday, August 22, 2026
पोखरीको अतिक्रमण हटाउन जनकपुरमा चल्यो डोजर

काठमाडौँ- जनकपुरको पोखरी अतिक्रमण गरेर बनाइएका घर र टहराहरू हटाउन थालिएको छ।

गुठी संस्थान जनकपुरधामले शनिबारदेखि पोखरीको डिल खाली गराउन डोजर चलाएको हो।

संघीय सरकारको निर्णयअनुसार केन्द्रीय गुठी कार्यालय मातहत रहेका जग्गाहरूलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भई जनकपुरधाम स्थानीय तहसम्म आइपुगेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए।

वि.सं. २०४२ देखि २०४६ सालको बीचमा जनकपुरधाममा भएको नयाँ सर्वे नापीमा पोखरीका लागि छुट्याइएको जग्गामा भएको अतिक्रमण हटाउन थालिएको उनले जानकारी दिए। सबै नगरबासीलाई संयमित हुन र राज्यपक्षसँग विवाद नगर्न आग्रह गर्दै कानुनअनुसार प्रक्रिया अघि बढ्ने उनले बताए।

जानकी मन्दिर, राम मन्दिर, रतन सागर, गंगा सागर, राजदेवी मन्दिर, हनुमान मन्दिर र धनुषाको थारी मठलगायतका राज्य गुठी अन्तर्गतका जग्गा तथा पोखरीहरूको नापी र संरक्षण प्रक्रिया अघि बढेको जनकपुर उपमहानगरका प्रमुख साहले जानकारी दिए।

प्रकाशित: ६ भदौ २०८३ १५:१६ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast