गायिका समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोनमा अत्याइरहेका छन् एक व्यक्ति

हिमाल प्रेस ६ भदौ २०८३ १२:२५ | Saturday, August 22, 2026
गायिका समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोनमा अत्याइरहेका छन् एक व्यक्ति

काठमाडौँ- गायिका समीक्षा अधिकारी पीडाबाट गुज्रिएर फेरि लयमा फर्किने क्रममा छिन्। लामो समय विभिन्न समस्याबाट गुज्रिए पनि उनी आफैले सामना गर्दै तंग्रिन्। अहिले पनि उनलाई केही समस्याले आजित बनाइरहेका छन्। उनलाई करिब डेढ वर्षदेखि लगातार एउटै व्यक्तिले विभिन्न मोबाइल नम्बरबाट फोन गरिरहेका छन्।

समीक्षाले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सुनाउँदै फोन गर्ने व्यक्तिले आफूलाई ‘रमेश शाही’ भनेर चिनाउने गरेको बताएकी छिन् । उनका अनुसार फोन उठाउँदा आफ्नो नाम ‘रमेश शाही’ बताउने गरे पनि फोन गर्नुको उद्देश्यबारे स्पष्ट जवाफ दिने गरेका छैनन् ।

एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट पुनः फोन आउने गरेको समीक्षाको भनाइ छ । लामो समयदेखि एउटै प्रकृतिको फोन आइरहेपछि आफूले बाध्य भएर यो विषय सार्वजनिक गर्नुपरेको उनले उल्लेख गरेकी छिन् ।

साथै, आफ्नो मोबाइल नम्बर अरूलाई उपलब्ध गराउँदा सम्बन्धित व्यक्तिले किन र के प्रयोजनका लागि नम्बर मागेको हो भन्ने बुझेर मात्र दिन उनले आग्रह गरेकी छिन् । समीक्षाको यो भनाइसँगै अहिले सामाजिक सञ्जालमा ‘रमेश शाही’ भनिएका व्यक्ति को हुन्? र उनले गायिकालाई लामो समयदेखि किन फोन गरिरहेका छन्? भन्ने प्रश्न उठेको छ ।

 

प्रकाशित: ६ भदौ २०८३ १२:२५ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast