ललितपुरमा चल्यो डोजर

हिमाल प्रेस ५ भदौ २०८३ १३:१३ | Friday, August 21, 2026
ललितपुरमा चल्यो डोजर

काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ।

शुक्रबार काठमाडौँ उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र अतिक्रमित गरी बनाइएका अवैध तथा अतिक्रमित संरचनाहरु भत्काएको हो।

करिब १२ वर्षपछि अतिक्रमित गरी बनाइएका संरचना हटाउन सफल भएकोे भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए।

भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो।

आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो। तर सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो।

प्रकाशित: ५ भदौ २०८३ १३:१३ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast