काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गर्ने कृषिउपजको थोक मूल्यमा बिहीबार र शुक्रबार अधिकांश वस्तुको मूल्य यथावत् रहेको छ। ४ भदौ र ५ भदौका लागि समितिले सार्वजनिक गरेको मूल्य विवरण तुलना गर्दा कुनै पनि फलफूल, हरियो तरकारी तथा माछाको मूल्यमा घटबढ भएको देखिँदैन।
कालीमाटीमा शुक्रबार पनि फुजी स्याउको थोक मूल्य प्रतिकिलो ३०० रुपैयाँ कायम छ। नेपाली केराको मूल्य दर्जनको ३०० तथा मालभोग केराको २०० रुपैयाँ छ। कागती प्रतिकिलो २८०, अनार ३५०, मालदह आँप २८० र चोसा आँप २५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, हरियो तरबुजा प्रतिकिलो ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, लोकल काँक्रो ५०, हाइब्रिड काँक्रो १५ तथा लोकलक्रस काँक्रो ५० रुपैयाँ तोकिएको छ।
लोकल नास्पाती प्रतिकिलो ९०, चाइनिज नास्पाती २००, नेपाली मेवा ८०, भारतीय मेवा १००, लप्सी ६०, किबी ४००, अमला २००, काँचो नरिवल ८० र हरियो नरिवल १७० रुपैयाँमा कायम छ। नेपाली ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ५०० रुपैयाँ छ।


