जमलमा आजदेखि तीनदिने लोकदोहोरी मेला

हिमाल प्रेस ५ भदौ २०८३ ८:४१ | Friday, August 21, 2026
जमलमा आजदेखि तीनदिने लोकदोहोरी मेला

काठमाडौँ- काठमाडौँको जमलस्थित टप दरबार रोधी क्लबमा आजदेखि तीनदिने ‘लोकदोहोरी मेला’ सुरु हुँदैछ।

क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजना हुने मेला भदौ ५ देखि ७ गतेसम्म सञ्चालन हुनेछ।

मेलाको पहिलो दिन अभिनेता भुवन केसी, दिनेश डीसी, दुर्गेश थापा, नीर शाह, शिव श्रेष्ठ, ज्योति मगर, कृष्ण कँडेल, नारायण रायमाझीलगायत कलाकार तथा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ।

तीन दिनसम्म लोकदोहोरी तथा सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम र क्लबमा आबद्ध करिब ६० कलाकारको विशेष प्रस्तुति रहनेछ।

क्लबका सञ्चालक अशोक गिरीले नयाँ तथा स्थापित कलाकारलाई एउटै मञ्चमा जोड्दै नेपाली लोकसंगीत र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए।

‘रोधी मनोरञ्जनको स्थल होइन नेपाली लोकसंस्कृति र संगीतसँग जोडिएको परम्परा पनि हो। त्यसैले यसलाई व्यवस्थित, सभ्य र पारिवारिक वातावरणमा अगाडि बढाउने हाम्रो उद्देश्य हो,’ गिरीले भने।

करिब ७ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबले प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी दिएको जनाएको छ।

जमलस्थित विश्वज्योति मलको चौथो तलामा हुने मेला हरेक दिन साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ५ भदौ २०८३ ८:४१ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast