नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री मंगलबहादुर शाही। फाइल तस्बिर
काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बुधबार बसेको २७ औँ बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन्।
बैठकमा सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिम प्रदेशसभा समक्ष विश्वासको मतका लागि वक्तव्यसहित मुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १५१ को उपनियम ४ बमोजिम सभामा प्रस्ताव पेश गर्न समय दिइन्।
सोही अनुसार मुख्यमन्त्री शाहीले बैठकमा प्रस्ताव पेश गरेसँगै आवश्यक छलफलपश्चात् सभामुख गुरुङले मत विभाजनको प्रक्रिया सुरु गरिन्।
कुल ४० प्रदेशभा सदस्यमा ३६ सभा सदस्यले मतदान गरेका थिए। मुख्यमन्त्री शाहीको पक्षमा २१ जनाले तथा विपक्षमा १३ जनाले मतदान गरेका थिए। दुई जना तटस्थ बसेका सभामुख गुरुङले बताइन्।
विश्वासको मतको पक्षमा २१ मत परेको र उक्त मत तत्कालीन प्रदेशसभामा कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएको बताउँदै सभामुख गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ तथा कर्णाली प्रदेशसभा नियमावलीको १८१ नियम १५१ को बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि सभासमक्ष राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरिन्।
प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउसो ३ः०० बस्ने बस्नेछ।


