कमेडियन अमरेन्द्र यादवलाई निरन्तर धम्की, भने : मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ

हिमाल प्रेस ३ भदौ २०८३ ९:४० | Wednesday, August 19, 2026
22
SHARES
कमेडियन अमरेन्द्र यादवलाई निरन्तर धम्की, भने : मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ

काठमाडौँ- कमेडी शो ‘कमेडी बुज’मा कमेडी गरेपछि कमेडियन अमरेन्द्र यादवलाई निरन्तर धम्की आएको बताएका छन्। यसअघि एमाले नेता सूर्य थापा र रास्वपा पूर्वमहामन्त्री डा मुकुल ढकाल आएको कार्यक्रममा रोस्ट गरेका उनले त्यसपछि निरन्तर धम्की आएको बताएका छन्।

‘पछिल्ला ३–४ दिनदेखि भिडियो सार्वजनिक भएदेखि नै म निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको छु। यो कसले गरिरहेको हो, नेकपा एमालेका कार्यकर्ता हुन् कि अरू कोही हुन्, म यकिनका साथ भन्न सक्दिनँ। तर मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ।’

उनले भनेका छन्,’मलाइ रुमबाट बाहिर जान डर लागिरहेको छ ,कहिलेसम्म रुममा बस्ने म ?एउटा कलाकारले रोस्ट गर्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। कार्यक्रममा गेस्ट आउँदा पनि उहाँहरूलाई यहाँ रोस्ट हुन सक्छ भन्ने कुरा थाहा हुन्छ, त्यसैअनुसार सहभागी हुनुहुन्छ। त्यसो भए मैले रोस्ट गरेको कुरामा मैले यति ठूलो गल्ती के गरेँ?’ उनले निरन्तर रोस्ट गर्दा यसअघि धम्की नआएको तर पछिल्लो एपिसोडमा धम्की आएको बताएका छन्।

‘आज मलाई भनिँदैछ—“यो एमाले विरोधी हो।” तर तपाईंहरूले यो हप्ता मलाई एमाले विरोधी बनाइदिनुभयो। अर्को हप्ता मैले जेन्जी अभियन्तालाई रोस्ट गरेको भिडियो आउछ अनि फेरि भन्नुहोला—“यो जेन्जी विरोधी हो।” यसअघि पनि मैले सन्तोष देउजा, जो नेकपा माओवादीसँग सम्बन्धित हुनुहुन्छ, उहाँलाई पनि रोस्ट गरेको छु। त्यसो भए माओवादीलाई रोस्ट गरेँ भनेर मलाई माओवादी विरोधी भन्ने? त्यसभन्दा अघि राजावादी पक्षका पुष्कर खतीवाडा गुरु आउनुभएको थियो, उहाँलाई पनि मैले रोस्ट गरेको छु। अब त्यसका आधारमा मलाई राजावादी विरोधी भन्ने?’

उनले आफू कसैको विरोधी नरहेको र रोस्ट गर्नु आफ्नो पेसा रहेको जनाएका छन्। सुन्दर खनालको कमेडी शो ‘कमेडी बुज’मा केही हप्तादेखि अमरेन्द्र निरन्तर रोस्ट गर्दै आएका छन्।

प्रकाशित: ३ भदौ २०८३ ९:४० | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast