कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

हिमाल प्रेस ३ भदौ २०८३ ८:०९ | Wednesday, August 19, 2026
122
SHARES
कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु

कैलाली- बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया ३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए।

उनले विश्वकर्मासँगै जंगल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताए। प्रहरी निरीक्षक विष्टले भने, ‘बन्दुक कसले किन चलाएको र विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने एकीन हुन नसकेको छैन।’

प्रकाशित: ३ भदौ २०८३ ८:०९ | Wednesday, August 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast