भारतीय सेनाध्यक्ष सेठ नेपालमा

हिमाल प्रेस ३१ साउन २०८३ १८:४८ | Sunday, August 16, 2026
8
SHARES
भारतीय सेनाध्यक्ष सेठ नेपालमा त्रिभुवन विमानस्थलमा आइतबार भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई स्वागत गर्दै सैन्य अधिकारीहरू।

काठमाडौँ- भारतीय सेनाध्यक्ष जनरल धिरज सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका छन्।

नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष जनरल सेठ चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।

जनरल सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम रहेको छ।

शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपतिले मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्ने तथा नेपाल–भारतबीचको द्विपक्षीय सैन्य सहयोगका विषयमा छलफल गर्ने बताइएको छ।

जनरल सेठले ३० जुन २०२६ मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए। प्रधानसेनापति बनेपछिको सेठको नेपाल भ्रमण पहिलो विदेश भ्रमण हो।

नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ।

प्रकाशित: ३१ साउन २०८३ १८:४८ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast