यी जिल्लामा छ आज बाढीको जोखिम

हिमाल प्रेस ३१ साउन २०८३ ९:३९ | Sunday, August 16, 2026
2
SHARE
यी जिल्लामा छ आज बाढीको जोखिम

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

यद्यपि आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको छ।

भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

प्रकाशित: ३१ साउन २०८३ ९:३९ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast