नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना

हिमाल प्रेस २९ साउन २०८३ १५:२६ | Friday, August 14, 2026
16
SHARES
नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना

काठमाडौँ- नेपाली तीर्थयात्री बोकेको बस शुक्रबार भारतको झारखण्ड राज्यमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रौतहटको गरुडा नगरपालिकाबाट तीर्थयात्राका लागि गएको बस झारखण्डको कोडरमा जिल्लामा दुर्घटना भएको हो।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारको राजगीर हुँदै नेपालतर्फ आउँदै गरेको बस बिहान करिब ४ः३० बजे रोकिराखेको ट्रकसँग ठोक्किएको थियो।

सत्गावाँ प्रहरी चौकीका इन्चार्ज बबलु कुमारलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार बसमा रौतहटका ४५ जना तीर्थयात्री थिए। उनीहरू देवघरस्थित बैद्यनाथधाम र दुम्कास्थित बासुकिनाथ धाममा पूजाअर्चजना गरेर फर्किँदै थिए।

दुर्घटनामा १० जना घाइते भएको पीटीआईले जनाएको छ। पटीआईले जनाएअनुसार मृतकमध्ये एक जना १० वर्षीय बालक शिवम कुमार रहेका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गरुडा नगरपालिकाबाट तीर्थयात्राका लागि गएको बस दुर्घटनामा परेको जानकारी प्राप्त भएको बताए।

‘गरुडा नगरपालिकाबाट गएको बस दुर्घटनामा परेको जानकारी पाएका छौँ,’ भुसालले हिमालप्रेससँग भने,‘प्रहरीमार्फत सूचना संकलन गर्ने काम भइरहेको छ, विस्तृत जानकारी आइसकेको छैन।’

नगरपालिकाका मेयर कन्थमनी जयसवालले दुर्घटनामा वडा नम्बर ६ ओठीयाहीका तीन जनाको मृत्यु भएको जानकारी प्राप्त भएको उनले बताए।

जयसवालका अनुसार नवलकिशोर चौधरी र उनकी श्रीमतीको दुर्घटनामा परेर मृत्यु भएको छ। चौधरीको श्रीमीतको नाम खुल्न बाँकी रहेको उनले बताए।

प्रकाशित: २९ साउन २०८३ १५:२६ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast