कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेलामा को को छन् सहभागी?

हिमाल प्रेस २९ साउन २०८३ १४:१३ | Friday, August 14, 2026
14
SHARES
कांग्रेस संस्थापनइतरको राष्ट्रिय भेलामा को को छन् सहभागी?

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा सुरु भएको छ।

भेलामा राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, मोहनबहादुर बस्नेत, ईश्वरी न्यौपाने, जितजंग बस्नेत, रामहरि खतिवडालगायत सहभागी छन्।

पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा भने भेलामा आइसकेका छैनन्। त्यस्तै, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू पनि भेलामा उपस्थित छन्।

गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका देउवा पक्षका नेताहरूलाई समेत भेलामा सहभागी गराइएको छ।

कांग्रेस संस्थापनइतर पक्षले आयोजना गरेको भेला साउन ३१ गतेसम्म चल्नेछ।

प्रकाशित: २९ साउन २०८३ १४:१३ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast