काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारीको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
मूल्यसूचीअनुसार स्थानीय गाजर प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ भने तराईको गाजर ८० रुपैयाँमा कारोबार हुने भएको छ।
गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ७०, भारतीय ८०, सानो लोकल ३० र टनेलको ५८ रुपैयाँ तोकिएको छ।
आलु रातो लाम्चो ५१, गोलो र मुढे ५३, भारतीय ३७ तथा सेतो आलु प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ। सुकेको भारतीय प्याज प्रतिकिलो ६४ रुपैयाँ छ।
बन्दाको लोकल र तराई दुवैको मूल्य प्रतिकिलो ४०, स्थानीय काउली १००, रातो र सेतो मूला ३०-३०, लाम्चो भन्टा ५० र डल्लो भन्टा ६० रुपैयाँ निर्धारण गरिएको छ।
बोडी तने र मकै बोडी प्रतिकिलो १००, घिउ सिमी लोकल तथा हाइब्रिड ९०, टाटे सिमी ९० र भटमास कोसा १२० रुपैयाँ तोकिएको छ।
तीते करेला ५०, लौका ६०, परवर लोकल तथा तराई ६०, चिचिण्डो र घिरौँला ३०-३०, झिगुनी ६० तथा फर्सी पाकेको र हरियो फर्सी प्रतिकिलो ६० रुपैयाँ रहेको छ।
यस्तै, भिन्डी प्रतिकिलो ५०, पिँडालु १०० र स्कुस ६० रुपैयाँ कायम भएको छ। ब्रोकाउली प्रतिकिलो १६०, चुकन्दर ७०, रातो बन्दा ४०, सजीवन ३००, तामा १६० र तोफु १६० रुपैयाँ तोकिएको छ।
मसला तथा अन्य तरकारीजन्य वस्तुतर्फ अदुवा प्रतिकिलो २३०, हरियो खुर्सानी लाम्चो र बुलेट ९०-९०, माछे खुर्सानी ६०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी ८० रुपैयाँ रहेको छ।
हरियो लसुन १८०, चिनियाँ सुकेको लसुन २४० र नेपाली सुकेको लसुन प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ।


