आज कुन फलफूलको मूल्य प्रतिकेजी कति रुपैयाँ?

हिमाल प्रेस २९ साउन २०८३ ९:०९ | Friday, August 14, 2026
8
SHARES
आज कुन फलफूलको मूल्य प्रतिकेजी कति रुपैयाँ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

मूल्यसूचीअनुसार पार्सले प्रतिकिलो १ हजार ५०० रुपैयाँसम्म पुगेको छ भने एभोकाडो र ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ५०० रुपैयाँ कायम छ।

स्याउ (फुजी) प्रतिकिलो ३००, नेपाली केरा दर्जन ३०० र मालभोग केरा दर्जन २०० रुपैयाँ तोकिएको छ।

कागती प्रतिकिलो २५०, अनार ४००, जुनार ३००, आँप (मालदह) २८० र आँप (चोसा) प्रतिकिलो २५० रुपैयाँ रहेको छ।

यस्तै, तरबुजा (हरियो) प्रतिकिलो ६०, भुइँकटहर प्रतिगोटा २००, रुख कटहर प्रतिकिलो ६०, लप्सी ६० र अमला २८० रुपैयाँ निर्धारण गरिएको छ।

नास्पाती (लोकल) प्रतिकिलो ९० र चिनियाँ नास्पाती २०० रुपैयाँ तोकिएको छ।

नेपाली मेवा प्रतिकिलो ९० र भारतीय मेवा १२० रुपैयाँ रहेको छ। नरिवल (काँचो) प्रतिकिलो ८० र हरियो नरिवल १७० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, एभोकाडो प्रतिकिलो ५०० र नेपाली ड्रागन फ्रुट ५०० रुपैयाँ तोकिएको छ।

काँक्रो (लोकल) प्रतिकिलो ५०, हाइब्रिड १५ तथा लोकलक्रस ५० रुपैयाँ रहेको छ।

प्रकाशित: २९ साउन २०८३ ९:०९ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast